पोखरामा ठुलो मात्रामा लागूऔषध सहित दुईजना पक्राउ

Share:

५ मंसिर,पोखरा । ठुलो मात्रामा लागूऔषध सहित कास्की प्रहरीले दुईजना पक्राउ गरेको छ । पोखरा महानगरपािलका ११ तुल्सीमार्गमा ठुलो परिमाणमा लागूऔषध सहित दुईजनालाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ९ नयाँबजार बस्ने वर्ष ३८ का उदय कुमार गुप्ता र तनहँको व्यास नगरपािलका ११ घर भई हाल पोखरा ११ तुलसीमार्ग बस्ने वर्ष ३३ की गिता भन्ने मनु गुरुङ रहको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई आफैले चलाएको ग २ च ८३६३ नं.को कार चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध फेला पारेको हो । चेकजाँचपछि उक्त कारबाट प्रहरीले डाईजापाम ४०४ थान, नुिफन ३९१ थान, फेनरागन ३८१ थान गरी जम्मा ११७६ थान र फेनिसिडल २४ बोत्तलका साथै नगद रुपैया २ लाख बयालिस हजार तीन सय सैँतीस रुपैया समेत बरामद गरेको छ ।

प्रतीकात्मक तस्बिर

कमेन्ट गर्नुहोस्
Share: