विवेकशील साझा पार्टी, गण्डकी प्रदेशका उम्मेदवारहरूकाे वार्षिक चुनाबी भेला लमजुङ राइनासमा

Share:

पाेखरा, ९ मंसिर । विवेकशील साझा पार्टीकाे अहिलेकाे ध्यान संगठन विस्तारमा छ । प्रदेश स्तरमा संगठन निर्माण भइरहेका छन् भने संगठनका क्रियाशील सदस्यहरूले पनि अाफ्ना गतिविधिलाई अघि बढाइरहेका छन् । गण्डकी प्रदेश अन्तरगतका विभिन्न क्षेत्रका उम्मेदवारहरुले वार्षिक चुनाबी भेला लमजुङको राइनाश होमस्टेमा गरेका छन् ।

पार्टीले हालै प्रदेश संयाेजकमा महेश भण्डारीलाई चयन गरेकाे छ । प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा संगठन विस्तारकाे तयारी भईरहँदा युवा नेताहरू पार्टीको गतिविधि, भूमिका, आगामी बाटोको विषयमा गहन छलफलमा जुटेकाे पार्टीका नेता निर्देश सिलवालले जानकारी दिए ।

आउँदा दिनहरुमा अझ सशक्त भूमिका कसरी खेल्ने भन्ने विषयमा गहन छलफल भएको गोरखाका प्रतिनिधि सभा उम्मेदवार नवराज थापाले बताए ।

कास्कीका उम्मेदवार चिरञ्जीवी अधिकारीले राइनाश होमस्टे उत्कृष्ट रहेकाे उल्लेख गर्दै यस्ता व्यवसायले ग्रामिण पर्यटनमा टेवा पुग्ने बताए । नवलपुरका अर्का उम्मेदवार हरिश गौतमले लमजुङमा पर्यटनको सम्भावना प्रचुर रहेकाले यसकाे सदुपयाेग गर्नुपर्ने बताए ।

तनहुँका अभियन्ता पदमराज न्याैपानेले यस्ता गतिविधिमा सामेल हुने अवसर प्राप्त गरेकाेमा खुशी व्यक्त गर्दै लमजुङमा मिलेकाे अातिथ्यताकाे प्रशंसा गरे ।

गण्डकी प्रदेशका उम्मेदवार तथा नेताहरुलाई लमजुङमा स्वागत गर्न पाउँदा खुसी लागेको र अगामी दिनहरूमा विवेकशील साझाले प्रदेशभरि संगठन निर्माण द्रुत गर्न लागि रहेको नेता निर्देश सिलवालले बताए । रचनात्मक राजनीतिक अभ्यासका लागि पर्यटकीय जिल्लामा विवेकशील साझा पार्टी,गण्डकी प्रदेशका उम्मेदवारहरुसंग वार्षिक समिक्ष्यात्मक बैठकको आयोजना गरिएको लम्जुङ्ग जिल्लामा प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेका नेता सिलवालले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: