पोखरामा नर्सिङ होमका सञ्चालक सहित एकैदिन १४ जुवाडे पक्राउ

Share:

९ मंसिर,पोखरा । पोखराका दुई ठाउँबाट प्रहरीले एकैदिन चार लाख ३२ हजार तीन सय ९० रुपैयाँ सहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ । नयाँबजार स्थित मार्गदर्शन एकेडेमी बाट ९ जना र बिरौटाबाट ५ जना पक्राउ परेका हुन् । नयाँबजारमा मार्गदर्शन एकेडेमीका सञ्चालक ५८ बर्षीय पुर्णबहादुर श्रेष्ठ,अमरसिंह चोकका ५८ बर्षीय मीनबहादुर बराल,नयाँबजारका ४५ बर्षीय सोभीत केसी, ६० बर्षीय भरतकाजी ढुङगाना, महेन्द्रपुलका ५४ बर्षीय लेखनाथ बास्तोला,५५ बर्षीय राजु श्रेष्ठ,बिरौटाका ४२ बर्षीय केशब थापा, तनहु शुक्लागण्डकी नगरपालीका–१ का ४७ बर्षीय जस गुरुङ,५१ बर्षीय रामबहादुर गुरुङ छन् । उनीहरुको साथबाट ४ बुक तास सहित २ लाख ३९ हजार ६ सय १० रुपैँया बरामद गरिएको छ ।

त्यस्तै पोखरा महानगरपालिका–१७ काउसेघारीस्थित दीपेन्द्र पौडेलको घरमा जुवा खेलिरहेका स्याङजा आँधिखोला गाँउपालिका–२ का ४० बर्षीय घरधनी पौडेल,बिरौटाका ३७ बर्षीय कृष्ण अर्याल,स्याङजा पुतलीबजार–५ का प्रकाश रेग्मी,बर्ष ३३ का राजु रेग्मी र कास्की रुपा गाँउपालीका–१ का ३७ बर्षीय अम्बर केसी पक्राउ परेका हुन् । दिपेन्द्रको घरबाट ३ बुक ताससहित १ लाख ९२ हजार ७ सय ८० रुपैँया रकम बरामद भएको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाईएको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

सांकेतिक तस्बीर

कमेन्ट गर्नुहोस्
Share: