
मंसिर १४, नवलपरासी । नवलपरासीको गैँडाकोटमा सवारी साधनको ठक्करबाट एक व्यक्ति घाइते भएका छन् । गैँडाकोट नगरपालिका १० अन्तर्गत पूर्व पश्चिम राजमार्गको कोटिहोममा दुर्घटना हुँदा स्थानीय अन्दाजी ६० बर्षिय कृष्ण बहादुर गिरी घाईते भएका हुन् ।
हालसम्म नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा घाइते भएका उनलाई थप उपचारका लागि चितवन पठाइएको छ । प्रहरीले ठक्कर दिने सवारीको खोजी कार्य गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
