
मंसिर १७, नवलपरासी । नवलपरासीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक देवचुली–११का २१ बर्षिय को पदम क्षेत्री र पछाडी सवार देवचुली १० का १८ बर्षिय सन्तोष रेग्मी रहेका छन् ।
गैँडाकोट नगरपालिका १० भैसाखोरीमा बा १७ च ९६५३ नम्वरको स्कारपियोले विपरीत दिशावाट आँउदै गरेको ना६प ६५७७ नं.को मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा अनुसन्धान गरिरहेको जनएको छ ।
कमेन्ट गर्नुहोस्
