
रञ्जन अधिकारी पोखरा, ७ भदौ । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनको पाँचौ संस्करणको टाईटल मुस्ताङका कुन्साङ गुरुङले जितेका छन् । मुलुकका ५० जिल्लाका आठ सय ९० प्रतिष्पर्धीमध्येबाट कुन्साङ विजेता बनेका हुन् । चितवनका सन्दिप ढुंगाना फस्र्ट रनर अप घोषित भए भने धरानका राम लिम्बु सेकेण्ड रनरअप बने । हेम्जाकी ल्हामो डोल्कर थर्ड रनरअप घोषित भईन् ।
कार्यक्रमका प्रमुख अतिथि मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विजेताहरुलाई पुरस्कार वितरण गरे । बिजेताले एक लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर पाए भने एक हप्ते बेलायतको साँगीतिक भ्रमणको प्याकेज पनि पाउनेछन् । विजेताले बलिउड सुरपस्टार शाहरुख खानसंगै स्टेज शेयर गर्ने अवसर पाउने छन् । विजेताको लागि यो अवसर कान्साई नेरोल्याक पेन्ट्सले उपलब्ध गराउने भएको हो । यस्तै, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गरेका छन् । सबैले सामसुङ मोबाईल पनि प्राप्त गरेका छन् । चौथो हुने ल्हामो डोल्करले दुई ओटा गीतका लागि प्रायोजन पाएकी छिन् ।
ग्राण्ड फिनालेमा विक्रि भएको सम्पूर्ण टिकटबाट उठ्ने रकम ग्रामिण भेगका विपन्न बालबालिकाको शिक्षामा खर्च हुने भएको छ । कार्यक्रममै सो रकम हस्तान्तरण गरियो । दोस्रो संस्करणदेखि निरन्तर साथ दिँदै आएको सामसुङ मोबाईलले प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेका छन् ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
