
मंसिर २७, स्याङ्जा । स्याङ्जामा मोटरसाइकलले ठक्कर दिदाँ एकजना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा गल्याङ नगरपालिका ३ चौकिलाईनका ४५ बर्षिय समिनुन मियानुन रहेका छन् । सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवलतर्फ जाँदै गरेको लु ३५ प ५१९१ नं.को मोटरसाईकलले उनलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका मियानुनलाई उपचारको लागि सामुदायिक हस्पिटल गल्याङ पठाइएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
