मिलेनियम ट्रेक’को पुनः जागरण प्रयास सुरु

Share:

२८ मङ्सिर, पोखरा । पछिल्ला समयमा पदमार्गहरू छोटिने क्रम बढिरहेको अवस्थामा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ‘मिलेनियम ट्रेक’को पुनः जागरणको प्रयास सुरु भएको छ । मध्य पहाडी क्षेत्रको झण्डै ७२ किमी लम्बाइको यो पदमार्ग सन् २००० मा सुरु भए पनि यसबीचको समयमा राजनीतिक उतारचढाव आदिका कारण ओझेलमा पर्दै आएको थियो ।

नेपालमा मध्य पहाडी क्षेत्रमा पहिलो पदयात्रा मार्गका रूपमा रहेको यस पदमार्गको पर्याप्त सम्भावना रहे पनि अझै ओझेलमा परिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ४२० मिटरदेखि एक हजार ७१५ मिटरसम्म उचाइमा रहेको पदयात्र मार्गमा तनहुँ र स्याङजाका साविक २२ गाविस पर्दछन् ।

पदयात्रा मार्गको विकासलाई लक्षित गरी उक्त क्षेत्रमा चारवटा रिसोर्ट बन्न लागेका छन् भने १३ वटा स्थानमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । यसैबीच पदयात्रा मार्गको पुनः जागरणको लक्ष्यका साथ आजदेखि सञ्चारकर्मी सहितको पदयात्रा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: