
१ पुष,बाग्लुङ । बाग्लुङको एक घरमा आगलागी हुँदा एक लाख भन्दा बढीको क्षति भएको छ । बाग्लुङको बरेङ गाउपालिका-२ मियाल धाराका नर बहादुर परियारको ढुङगा माटोले बनेको घरमा दिउसॊ १ बजे तिर आगलागी भएको हो । अचानक आगलागी हुँदा परियारको २ तले कच्चि घर पुर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट घर,घरभित्र रहेका लत्ता कपडा,भाँडा वर्तन र नगद सात हजार सहित अन्दाजी एक लाख सन्ताउन्न हजार बराबरको क्षती भएको हो । उक्त आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बीर
कमेन्ट गर्नुहोस्
