करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु

Share:

पुस २, पोखरा । करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा घर भई हाल पोखरा –१३ कांहुखोला स्थित सोल्टि मेटलमा काम गर्ने २२ बर्षिय केसव थापा मगर रहेका छन् । पोखराको भद्रकालि चोकमा उजुमान गुरुङकोे घर बनाउने क्रममा करेण्ट लाग्दा थापा घाईते भएका थिए ।

उनलाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: