गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर 

Share:

पुस ३,पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा.तारानाथ पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । डा. पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

डा. पौडेलले स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह खुलातर्फ अहेब पदको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई अन्तर्वार्तामा उत्तीर्ण गराइदिन्छु डा. पौडेलले एक लाख घुस लिएको ठहर अख्तियारले गरेको छ । डा. पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा उल्लेख छ । पौडेललाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को (ग) बमोजिम सजाय माग दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: