
पुस ४, तनहुँ । दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तनहुँमा एकजना घाइते भएका छन् । घाइते हुनेमा तनहुँको व्यास नगरपालिका १० का ३६ बर्षिय बिष्णु थापा रहेका छन् । दमौलीबाट भोर्लेटारतर्फ जाँदै गरेको ग ५प २११३ नं. को थापा सवार मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ग १० प ७४४३ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उनी घाइते भएका हुन् ।
घाइते थापालाई उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ । दुवै मोटरसाईकल र ७४४३ नं. को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
