तेस्रो पटक र्सयो फेवाताल अतिक्रमण गर्ने व्यवसायी कर्ण शाक्यविरुद्धको पेसी

Share:

पौष ५,पोखरा । फेवाताल मिचेर निर्माण भएको पर्यटन व्यवसायी कर्ण शाक्यको रिसोर्ट ‘वाटर फ्रन्ट’माथि अदालतमा परेको पेसी फेरी सरेको छ । बिहीबारका लागी तोकिएको भएपनि यसअघि दुई पटकसम्म सरेको पेसी पुन सरेको हो । पेसी सरिराख्दा पोखरा महानगरपालिका तथा सरोकारवाला निकायलाई संरचना भत्काउन समस्या देखिएको छ। शाक्यको रिसोर्टमाथिको मुद्दा मात्र फैसला हुन बाँकी रहेको अवस्थामा चलखेल गर्दै पेसी सर्दै आएको हो । फेवातालको जग्गा अतिक्रमण गरी रिसोर्ट बनाएकोले भत्काउनु पर्ने माग गर्दै दायर भएको रिटको सुनुवाइ दोस्रो पटक सरेर आजका लागि पेसी तोकिएको थियो।

उक्त मुद्दा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासले हेर्दै आएको छ। पछिल्लो पटक कात्तिक २८ गते तोकिएको अन्तिम सुनुवाइको पेसी सरेको थियो। अदालतको आदेशअनुरुप तालको जग्गा अतिक्रमण भए/नभएकोबारे छानबिन गर्न सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो। रेग्मी नेतृत्वको ६ सदस्यीय समितिले जेठ २३ गते पोखरा आएर स्थलगत नापजाँच तथा अध्ययन गरेको थियो ।समितिले शाक्यले सञ्चालन गर्दै आएको होटलका अधिकांश संरचना (मुल गेट, पालेघर र स्विमिङ पुल) तालको जग्गामा निर्माण भएको ठहर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: