
नवलपुर, १८ पुस । मुलुककै कान्छो जिल्ला नवलपुर स्थित गैंडाकोट नगरपालिकाको वडा वडामा विवेकशील साझा पार्टीले संगठन विस्तार सुरु गरेको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर १६ का सक्रिय युवाहरुले भेलाले वडा कमिटि निर्माण गरेका छन् । सुरज सुवेदीको नेतृत्वमा १९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
भेलामा जिल्लाका नेताहरु भिम आचार्य, रोहित छेत्री तथा गोविन्द तिवारीले सक्रियतापूर्वक संगठनलाई अघि बढाउन आग्रह गरे । उनीहरुले पछिल्लो समय पार्टी शीर्ष तह बारे आईरहेका खबरबाट विचलित नभई संगठन विस्तारमा अघि बढ्न पनि सुझाए । पार्टीमा यो स्वभाविक प्रक्रिया रहेकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको बुझाउँदै सदस्यता बढाउन उनीहरुको अपिल थियो ।
कमेन्ट गर्नुहोस्
