
पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका–७ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ परेका छन् । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले पसलमा आएका ५ बर्षका बालकलाई मिठाई दिएर ललाई फकाई मुख मैथुन गराएका प्रहरी अनुसन्धानबाट खुलेको छ । भण्डारीलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाईएको छ ।
म होईन : भण्डारी
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की जिल्ला सदस्य तथा गाउँपालिका पार्टी संयन्त्र सदस्य माछापुच्छ्रे गाँउपालिका–७ धम्पुसका बैकुण्ठ भण्डारीले प्रहरीले पक्राउ गरेको बैकुण्ठ भण्डारी नाम गरेको व्यक्ति आफू नभएको बताएका छन् ।
सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारणपछि विभिन्न व्यक्ति, आफन्त तथा शुभचिन्तकहरुबाट आफूलाई फोन आएको भन्दै भण्डारीले भ्रममा नपर्न आग्रह गरेका छन्। “माछापुच्छ्र्को धम्पुसबाट प्रहरीले पक्राउ गरेको व्यक्ति म होईन। कोही पनि भ्रममा नपुर्नहोला। ” भण्डारीले भने ।
