दई दिनदेखी हराइरहेका बाग्लुङका मनोज मृत फेला

Share:

बागलुङ, २३ पुस । बागलुङमा दुई दिनदेखी हराइरहेका एक युवा मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा गलकोट नगरपालिका ५ भैसे मानधाराका २३ बर्षिय मनोज बस्नेत रहेका छन् । शनिबार दिउँसो ३ बजे घरबाट निस्किएका बस्नेत सम्पर्क बिहिन बनेका थिए ।

खोजतलास गर्दै जाँदा गलकोट नगरपालिका ५ स्थित गगनपानी सामुदायिक वनमा उनलाई स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । स्थानियको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: