आयुष्मानले प्रियंकालाई भने-‘थोरै माया दिउँला’

Share:

बिग न्यूज
पोखरा, ६ माघ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीबीच अब चाँडै विवाह हुँदै छ । उनीहरुले इंगेजमेन्ट गरिसकेका छन् ।

विवाहको मिति नजिकिरहेको स्थितीमा पनि यो जोडीले आफ्नो कामलाई भने छोडेको छैन । झन् यो जोडीलाई लिएर फिल्म अथवा म्यूजिक भिडियो बनाउनेको संख्या बाक्लो हुँदैछ ।

आयुष्मान र प्रियंकाको रियल जोडीलाई लिएर बनेको म्यूजिक भिडियो थोरै माया दिउँला सार्वजनिक भएको छ । भिडियोमा यो जोडी निकै प्रेमिल देखिएको छ । सार्वजनिक गीतमा दिपकराज पाण्डे र गायिका मेलिना राईले स्वर दिएका छन् । यो भिडियोलाई निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

शक्ति क्षेत्रीको शब्द रहेको गीतलाई राजनराज शिवाकोटीले संगीत भरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोमा सुरेन्द्र बसेल र सुबोल थापाले सँयुक्त रुपमा कोरियोग्राफि गरेका हुन् । भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: