‘हिमा–अस एजुकेशन कन्सल्टेन्सी’सँग एपी इन्टरटेनमेन्टको व्यवसायिक सहकार्य

Share:

रेम बिक
पोखरा, ९ माघ । तेस्रो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको प्रस्तुतकर्तामा ‘हिमा–अस एजुकेशन कन्सल्टेन्सी’ले एपी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ । अष्ट्रेलिया अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आएको संस्था ‘हिमा–अस’ ‘इभेन्ट प्रिजेन्टर’को रुपमा फाइनल भएको आयोजकले बताएको छ ।

एपी इन्टरटेनमेन्टका लागि प्रबन्ध निर्देशक अर्जुन पाण्डे र हिमा–अस पोखरा शाखाका म्यानेजर समिर थापाबीच बुधबार दुईपक्षिय सम्झौता भएको हो । सम्झौतापछि हिमा–अस पोखरा शाखाका म्यानेजर थापाले नयाँ जोशसहित केहि नौलो इभेन्ट गर्न आएका युवाहरुसँग व्यवसायिक साझेदारी गर्न पाउँदा आफूहरु निकै खुशी भएको प्रतिक्रिया दिए । ‘यसले नेपाली युवापुस्तालाई हस्पिटालिटी सम्बन्धि एउटा गज्जबको प्लेटफर्म दिएको छ । र, यस्तो खाले इभेन्टमा हामी सहभागी हुँदा यसको प्रत्यक्ष लाभ हामीलाई पनि हुने हामीले ठानेका छौँ ।’ उनले भने ।

त्यस्तै एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले हिमा–अससँगको व्यवसायिक सम्झौताले आफूहरुलाई अझै बढि जिम्मेवारी थपेको बताए । ‘हामी सदैव आफ्नो लक्ष्यसँगै हिडिरहेका छौँ । र, यस्तै व्यवसायिक सहयोगले हाम्रो लक्ष्यलाई झन् नजिक बनाएको महशुस हामीले गरेका छौँ ।’ पाण्डेले भने ।

तेस्रो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्ट अन्तरगत यतिबेला आयोजक एपी वान विभिन्न शहरहरुमा पुगेर कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया गरिरहेको छ । यो बीचमा आयोजक टोली पोखराका विभिन्न कलेजसँगै चितवन र बुटवलका कलेजहरुमा पुगेर इभेन्टको बारेमा जानकारी गराईसकेको छ ।

यसअघि यो इभेन्टका लागि लाली चाउचाउ मूख्य प्रायोजकको रुपमा फाइनल भैसकेको छ । त्यस्तै हस्पिटालिटी पार्टनरको रुपमा माउन्टेन टप होटल फाइनल भैसकेको छ । अबको केहि दिनमै कन्टेस्टको प्रशिक्षण राउण्ड शुरु हुने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: