‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को होटल पार्टनरमा ‘होटल ड्यान्डिलियन’

Share:

बिग न्यूज
पोखरा, १९ माघ । ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को होटल पार्टनरको रुपमा लेकसाइडस्थित ‘होटल ड्यान्डिलियन’ले आयोजक कम्पनी एपी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ । एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र होटलका ह्युमन रिसोर्स म्यानेजर नरेश्वर आचार्यबीच इभेन्टका लागि सहकार्य गर्ने सम्झौता भएको हो ।

हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित इभेन्टमा सहभागि हुँदा व्यवसायिक रुपमा दुईपक्षीय लाभ हुने सम्झौतापछि होटलले बताएको छ ।

व्यवसायिक सहकार्यपछि हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक एपी इन्टरटेनमेन्टले व्यवसायिक प्रतिष्ठानहरुको सहयोगले नै इभेन्ट उत्कृष्ट हुने बताएको छ । ‘हस्पिटालिटी सेक्टरका ठुला प्रतिष्ठानले हाम्रो इभेन्टमा यसरी व्यवसायिकस्तरको संलग्नता जनाउनुले नै हाम्रो इभेन्टको प्रभाव देखाईसकेको छ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ।

हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सँस्करण अहिले संचालन भैरहेको छ । आयोजकले दिएको जानकारी अनुसार विभिन्न शहरहरुमा अडिसन सकेर छनौट भएका प्रतिस्पर्धीहरु यतिबेला बन्द प्रशिक्षणमा सहभागी छन् । कुल २५ जना प्रतिस्पर्धीहरु यो सिजनका लागि छनौट भएका छन् ।

यसअगाडि यो इभेन्टका लागि प्रस्तुतकर्ताको रुपमा हिमा–अस एजुकेशनल कन्सल्टेन्सी, मूख्य प्रायोजकको रुपमा लाली चाउचाउ, रेस्टुरेन्ट पार्टनरको रुपमा ब्यञ्जन र भेन्यू पार्टनरको रुपमा अल्टिच्युड रेस्टुरेन्टले एपी इन्टरटेनमेन्टसँग सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: