
पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका –२४ वाम्दी स्थित कार्की टहरा भन्ने स्थानमा रहेको खोलामा सोहि स्थानका लौरुक बस्ने ५१ वर्षीय लेखनाथ सुबेदी मृत फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, तनहुँमा नाम थर नखुलेका अर्का एक पुरुष मृत भेटिएका छन् । भानु नगरपालिका –९ काब्रेटार स्थित रहेको एक ईनारमा पुरुष मृत भेटिएका हुन् ।
कमेन्ट गर्नुहोस्
