
माघ २८, पोखरा । आइतबारदेखि हराइरहेका एकजना पोखरामा मृत अवस्थामा भेटिएका छन् । पोखरा महानरपालिका–३२ राजचौताराका ६० वर्षीय नर बहादुर परियार सोही स्थानको तालखोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । आफन्तले खोजतलाश गर्दै जाँदा आज शव फेला परेको प्रहरीले जनाएको छ ।
तनहुँमा एकजना मृत फेला
तनहुँमा एक जना व्यक्ति मृत फेला परेका छन् । मृत भेटिनेमा शक्लागण्डकि नगरपालिका –८ मालेबगरका ४५ वर्षीय राम ब.मल्ल रहेका छन् । सोमबार आफ्नै घरदेखी अन्दाजी ५÷६ सय मिटर पूर्व रोड देखि करिब ६० मिटर तल खसेर मृत अवस्थामा मल्ल फेला हुन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरीरहेको छ ।
स्याङ्जामा आगलागीमा परि १ जनाको मृत्यु
स्याङ्जाको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय कृष्ण बहादुर कामी रहेका छन् । अर्जुनचौपारी गाउँपालिका १ गाडखानीका बल बहादुर थापा मगरको २ तले टिनले छाएको कच्ची घरमा अचानक आगो लाग्दा उक्त घटना घटेको हो । आगो पुर्ण रुपमा नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बागलुङमा ग्यास चुहिएर आगलागी
बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । आज बिहान बागलुङ नगरपालिका-२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ ।
डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो । समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति नभएको जनाईएको छ ।
