मनाङमा निरन्तर हिमपात : २५ दिनदेखि खाद्यान्न ढुवानीमा समस्या, सरकारी सेवा प्रभावित

Share:

फागुन ४, मनाङ । तीन साताअघि परेको हिउँ पग्लन नपाउँदै हिमाली जिल्ला मनाङमा पुनः हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिउँ र वर्षाले मनाङको जनजीवन कष्टकर बनेको छ ।

हिमपातले २५ दिनदेखि मनाङमा खाद्यान्नलगायतका सामग्री ढुवानी हुन सकेको छैन । सडक डिभिजन कार्यालय, नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीलगायतको टोलीले शुक्रबार हिउँ पन्छाएर सडक खुलाए पनि पुनः हिमपात भएपछि अवरुद्ध भएको छ । लामो समयदेखि ढुवानी रोकिँदा बजारमा खाद्यान्न अभाव हुन थालेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरीलगायतका ठाउँमा हिमपात भएको बताए । हिमपातका कारण सरकारी तथा स्थानीय तहका सेवासमेत प्रभावित भएका छन् । विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: