देशभरका झण्डै १६ सय पत्रकार पोखरामा, यस्तो भो पोखरा सभागृह

Share:

पोखरा ८ फागुन । पोखरामा विहिबार देखि हुने नेपाल पत्रकार महासंघको साधारण सभा तथा विधान अधिवेसनको तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघको आयोजना, संघ कास्कीको व्यबस्थापनमा फागुन १० गतेसम्म संचालन हुने उक्त कार्यक्रमको अन्तिम तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

देशभरका ७७ वटै जिल्लाबाट झण्डै १ हजार ६ सय पत्रकार पोखरामा सहभागि हुनेछन् । उक्त अधिवेसनको लागि पोखरामा पर्यटकीय स्तरिय होटलका करिब ६ सय ५० रुममा व्यबस्थापन गर्ने गरि तयारी गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गर्दै गरेको अध्यक्ष श्रेष्ठले बताए । विहिबार पोखरामा सृजनाचोकबाट नौमती बाजागाँजा सहित झाँकी प्रर्दश गरिने भएको छ । कार्यक्रममा करिब १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले बताईन् ।

उक्त अधिवेशनको प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम तय गरिएको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन बर्ष २०१९ घोषणा गरिने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले देश पुनः संरचनामा गएसंगै महासंघमा पनि पुनः संरचनाको खाका अधिवेसनले तयार गर्ने बताए । उनले श्रमजिवि पत्रकारको मुद्धामा नझुक्ने जनाए । श्रमजिवी ऐन कान्वयन गराउने तर्फ उन्मुख भएको अध्यक्ष आचार्यले बताए ।

राज्यले संरक्षण निती बनाउको लागि अधिवेसनले शाखा बनाउने बताउदै अध्यक्ष आचार्यले स्वरोजगार मुलक मिडिया बनाउने तर्फ उन्मुख हुने जनाए । उनले भने “प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा सघर्ष गर्ने छौं, पत्रकारले आन्तरिक रुपमा पश्केका समचार सामाग्रिको बारेमा स्वयम नियमन आफै गर्ने गर्नु पर्छ । ” अरुले हस्तक्षेप गर्न नपाउने गरी महासंघको संस्थागत विकास र शाखा बजमुद पार्न खाका तयार गर्ने लगायतका योजना बनाउने उनले बताए । अधिवेशनले निर्वाचन प्रणाली मार्फत एकै दिनमा जिल्ला, प्रदेश, केन्द्रीय अधिवेशन हुने गरी अधिवेशनको मुख्य मुद्धा रहने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने बताईएको छ ।

तस्विरः सुदर्शन रञ्जित

कमेन्ट गर्नुहोस्
Share: