आहा ! रारा गोल्ड कप : मनाङलाई हराउदै एपिएफ सेमिफाइनलमा प्रवेश, भोलि नेपाल आर्मी र हिमालयन शेर्पा भिड्ने

Share:

फागुन ११, पोखरा । सिग्नेचर मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा विभागिय टोली एपिएफ संग १–० ले पराजित हुँदा मनाङ प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको ७० औं मिनेटमा एपिएफका प्रदिप लामाको हेडिङ गोल नै एपिएफका लागि निर्णायक गोल बन्न पुग्यो । गोल गर्ने लामा खेलको म्यान अफ दि म्याच घोषित भए ।

उनले ५ हजार नगद र ट्रफी प्राप्त गरे । तिन जना बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङले पहिलो हाफमा केही मुभहरु बनाउने प्रयास गरेको थियो ।

तर रणनितिक रुपमा डिफेन्समा खेलिरहेको एपिएफले मनाङलाई गोल गर्ने कुनै मौका दिएन । भोलि हुने दोश्रो क्वाटरफाइनल खेलमा नेपाल आर्मी र हिमालयन शेर्पा भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: