बिग एफएमको काठमाण्डौमा विजनेश एशोसियट मिट

Share:

रेम बिक पोखरा, १८ भदौ । पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले काठमाण्डौमा विज्ञापन एजेन्सीहरुसंग विशेष विजनेश एशोसियट मिट गरेको छ । काठमाण्डौको होटल अन्नपूर्णमा भएको एशोसियट मिटमा एफएमले विज्ञापन एजेन्सीहरुलाई आफ्नो बारेमा जानकारी दिएको थियो ।

विभिन्न विज्ञापन एजेन्सीबाट आएका ६० जना भन्दा बढि प्रतिनीधिहरुको माझमा एफएमको बारेमा कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी गराएका थिए । एफएमको समाचार, कार्यक्रम र पश्चिमाञ्चल क्षेत्रमा यसको प्रभावकारिताको बारेमा जानकारी दिएपछि कार्यक्रममा उपस्थित विज्ञापन एजेन्सीका प्रतिनीधिहरुले एफएमको खुलेर प्रशंसा गरेका थिए । पश्चिमाञ्चल क्षेत्रमा विग एफएमको बढ्दो प्रभावकारिताको बारेमा उनीहरुले बढि चासो देखाएका थिए ।

विग एफएमका अध्यक्ष महेश भण्डारीको स्वागत संगै शुरु भएको कार्यक्रममा उपस्थित एजेन्सीहरुले एफएमको ग्राण्ड इभेन्ट विग आइकनप्रति निकै चासो प्रकट गरेका थिए । पाँचौ सँस्करणको विग आइकनको सफलतापश्चात भएको विजनेश एशोसियट मिट निकै फलदायी भएको एफएमका अध्यक्ष महेश भण्डारीले बताएका छन् ।

सोमबार भएको कार्यक्रम पश्चात उपस्थित विज्ञापन एजेन्सीका प्रतिनीधिहरु पश्चिमाञ्चल क्षेत्रमा विज्ञापनका लागि विग एफएमप्रति बढि आकर्षित भएको पनि भण्डारीले बताए । हरेक वर्ष एफएमले विज्ञापन एजेन्सीहरुसंग यस्तो खाले कार्यक्रम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: