
१३ फाल्गुन, मुस्ताङ । यो वर्ष मुस्ताङमा लगातार परेको हिउँका कारण हिउँमा चिप्लेटी खेल्ने साहसिक खेलकुदको सम्भाबना समेत त्यत्तिकै बढेको छ । धार्मिक तथा पर्यटकीय मात्र हैन साहसिक खेलको हबको रुपमा समेत मुस्ताङ चिनिन लागेको छ ।
पर्यटन प्रबर्धन तथा बिकासको उद्देश्य सहित मुस्ताङको मुक्तिनाथ परिसरमा शनिबार देखि सुरु भएको स्की तालिम यो दोश्रो पटक हो । यस अघि माघमा पहिलो पटक स्की प्रतियोगिता नै भएको थियो । युरोपेली मुलुकमा स्की प्रशिक्षकको रुपमा काम गर्दै आएका समिर थापाले स्की प्रशिक्षण गराइरहेका छन् ।
स्की खेलले मुस्ताङको पर्यटनमा नयाँ आयाम थप्नेमा आफू बिश्वस्त रहेको होटल ग्राण्ड शाम्ब्लाका संचालक सुरज गुरुङले बताए । हिमालयन स्की ट्रेक तथा होटल ग्राण्ड शाम्ब्ला, मुक्तिनाथको संयुक्त आयोजनामा स्की तालिम संचालन भएको हो ।
केही तस्बीरहरु:::::
तस्बिर : सुर्य तिमिल्सिना





