
काठमाडौं, फागुन १५ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
बिहीबार राष्ट्रिय शोक मनाउने र मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा बिदा दिने निर्णय गरेको छ । त्यसैगरी दुर्घटनाका बारेमा छानबिन गर्न ४ सदस्यीय आयोग गठन गरेको छ ।
बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।
यस्तो छ सरकारको निर्णय:::::


