कोहिनूर हेरेर दर्शक आँसु सहित हलबाट निस्कुन भएको थियो अब बिर्खे हेरेर हाँसि हाँसि निस्कुन हुनेछ । किन कि जिन्दगी यस्तै हो कहिले सुख कहिले दुःख त्यसकारण श्री दाईको निधनको पिढालाई अब हामी सबैले बिर्सनु पनि पर्दछ । अभिनेता सुवास थापाले आज आयोजित पत्रकार सम्मेलनमा भन्दै थिए । उनले श्रीमती विनिता खड्कालाई फिल्ममा खेलाएको रहष्यको आधिकारिक रुपमा सार्वजनिक गर्दै बिर्खेलाई चिन्छस् मा जीवनभरको कमाई लगाएको बताए ।
‘यो फिल्म चलेन भने म सडकमै आउछु होला किन कि यसमा मेरो जीवनभरको कमाई र मिहिनेत छ । ‘ थापाले भन्दै थिए । थिएटर ब्यागराउन्डकी सुवासको श्रीमती नारायणगढमा कुनै समय निकै चर्चित कलाकारका रुपमा परिचित थिईन् । उनले धेरै नाटक खेलेर उत्कृष्ट कलाकारको पुरस्कार समेत जितेकी थिईन् ।
‘मेरै घरमा राम्रो कलाकार दश बर्षसम्म थन्किएर बसेको रहेछ जव हामीले स्क्रिप्ट तयार गर्यौ अनि मात्र ध्यान भयो जुनेलीको क्यारेक्टरलाई विनिता बाहेक अरुले न्याय गर्न सक्दैन भनेर । त्यसकारण आज उनी पनि बिर्खेको मुख्य भूमिकामा रहेको जानकारी गराउदछु ।’ थापाले श्रीमती रहष्य खोल्दै प्रष्टाए । विनितासंग नाटक खेल्ने क्रमममा सुवासको दश बर्षअघि प्रेम भएको थियो अनि त्यसको केही समय पछि विवाह । उनीहरुको दुई छोरी पनि छन् ।
कमेडी जनरको बिर्खेलाई चिन्छनस् भोली देखि देशब्यापी प्रर्दशनमा आउँदैछ तर फिल्मले कति पर्दा पाउने हो त्यो चाहि थाहाँ भईसकेको स्थिती छैन् । ‘मैले राम्रो फिल्म बनाएर वितरकलाई दिएको छु तर कति हलमा बिर्खे लाग्छ उहाँहरुलाई नै थाहाँ होला ।’ थापाको भनाई छ ।
तर नेपालका चर्चित अभिनेता सुनील थापाले प्रियंका चोपडाका साथ खेलेको बलिउड फिल्म मेरी कोम पनि भोली बाटै प्रर्दशनमा आउने भएकाले बिर्खेले पर्दा संख्या कम पाउने निश्चित देखिएको छ ।
मेरी कोमलाई सुनील थापाका हितैषी वितरक सुनील मानन्धरले देशब्यापी प्रर्दशन गर्दैछन् । जो कोहिनूरका लागि राजधानी वितरक पनि हुन । ‘सुनील थापा हाम्रो शान हो, जिउँदो सहिद हो त्यसकारण उहाँको सम्मानमा ८० वटा हलमा मेरी कोम लगाउने प्रयाश छ हाम्रो ।’ मानन्धरले भनेका छन् । उनको दाबी अनुसार सुनील थापाको बलिउड पुनारागमन हेर्न दर्शकको डिमान्ड पनि उत्तिकै छ ।
ब्यापारिक आँकडालाई केलाउने हो भने प्रर्दशनरत कोहिनूरले चौथो हप्ताको अन्तिम दिन आज बिहिवार सम्म आईपुग्दा ९ करोड १३ लाख २० हजार ५७ रुपैयाको कारोबार गरिसकेको छ ।
पाँचौ हप्ता प्रवेशको समयमा कोहिनूर ड्र्प हुने संकेत देखिएका कारण भोलीदेखि राजधानीका १४ र मोफसलका ३० वटा पर्दामा मात्र कोहिनूर रहने छ यध्यपी कोहिनूर पूर्ण रुपमा नउत्रिदा हल बाँडफाडमा समस्या उत्तिकै रहेकाले पर्दा संख्यामा बिर्खेलाई समस्या आउने निस्चित छ ।
www.newsfilmy.com
