पर्यटनमन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन हजारौँको भिड, भिड नियन्त्रण गर्न प्रहरीलाई समस्या

Share:

पोखरा, फाल्गुन १७ । ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिने क्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन प्रदर्शनी केन्द्रमा संघीय सरकारका मन्त्री, विभिन्न पार्टीका नेता, सर्वसाधरण लगायतको भिड लागेको छ । भिड नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, मन्त्री पद्मा अर्याललगायत पोखरा आएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरुले पनि श्रद्धाञ्जली दिईरहेका छन् । मन्त्री अधिकारीको पार्थिव शरीर ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखिने बताईएको छ। त्यसपछि रामघाट लगेर राष्ट्रिय सम्मानका साथ् अन्त्यष्टी गरिने छ ।

तर श्रद्धाञ्जली दिनेको भिड लागेका कारण ४ बजेसम्म नसकिने अनुमान लगाउन सकिन्छ । श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध रहेका छन् ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ ।

तस्बिर-सुदर्शन रञ्‍जितको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
Share: