पोखरा उद्योग बाणिज्य संघको ३० औं महाधिवेशन सुरु, शनिबार निर्वाचन

Share:

रञ्जन अधिकारी पोखरा, २० माघ / वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले आर्थिक विकासकै मुद्धाले फेरि द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् । थापाले भने ‘आर्थिक विकासका सम्बन्धमा अहिले नै कठोर निर्णय लिईएन भने पाँच–सात वर्षपछि १५ वर्षअघि माओवादीले सुरु गरेकै द्वन्द्व फेरि नहोला भन्न सकिन्न ।’

पोखरा उद्योग बाणिज्य संघको ३० औं महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका थापाले सामाजिक र आर्थिक विपन्नताका कारणले गर्दा नै माओवादीर्ले द्वन्द्व सुरु गरेको स्मरण गराए । २०६५ को वाणिज्य नीतिलाई परिमार्जन गर्दै नयाँ आर्थिक नीति जारी गर्ने तयारी भईरहेको थापाले जनाए । ‘२०६५ सालको वाणिज्य नीति जुन थन्किएर बसेको थियो, त्यसको राम्रोसँग काम नभएको र डेट एक्स्पायर अवस्थामा रहेछ ।’ उनले भने– ‘मुख्य कुरो, ट्रेड बोर्डको गठन अझै हुन सकेको छैन । वाणिज्य मन्त्रालय पनि चेपमा परेको छ । कति कुराहरु उद्योग, परारष्ट्र र अर्थमन्त्रालयसँग समन्वय गर्नुपर्ने अवस्था छ । तर गाह्रो भईरहेको छ ।’ उनल अन्तर मन्त्रालय समन्वय गर्नका लागि पहल सुरु गरिसकेको पनि जनाए ।

थापाले वैदेशिक रोजगारमा गएका युवाहरुले पठाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘रेमिट्यान्सले ट्रेड ब्यालेन्स पर्याप्त हुँदा सबै सरकार, मन्त्रालय खुशी भएर बसे । तर, नन प्रडक्टिभ सेक्टरमा खर्च भएका छन् । भोलि उनीहरु फर्केर आएपछि के गर्ने ?’ थापाले भने ।

हिजो निर्यात गर्ने खाद्य वस्तुहरु आज हामीले अरबौं रुपैंयामा आयात गर्नुपरेको अवस्था रहेको भन्दै उनले एक सय २३ अरब त पेट्रोलियम पद्धार्थमा मात्रै खर्च गर्नुपरेकोले यो नै व्यापार घाटाको प्रमुख कारण रहेको जनाए । नेपाल–भारतबीच भएको उर्जा सचिवस्तरीय प्रारम्भिक सम्झौतापछि उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास मन्त्री थापाको छ । उनले भने ‘उर्जाको बाटो देख्न सकेनौं, वैकल्पिक उर्जामा ध्यान दिन सकेनौं । पावर ट्रे एग्रिमेन्टले आगामी दिनहरुमा नेपालमा उर्जा शक्तिको विकासमा ठूलो योगदान पु¥याउँछ ।’

मन्त्री थापाले बाढी पीडितहरुको राहतका लागि नीजि क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गरे । उनले थपे ‘नीजि क्षेत्र बलबान भएर आएको छ । अब राज्यले उद्योग खोल्ने होईन नीजि क्षेत्रलाई जिम्मेवारी दिएर अघि बढ्ने हो । नीजि क्षेत्रको सही सदुपयोग गर्दै अघि बढ्ने हो ।’

भारतका प्रधानमन्त्री मोदीको सकारात्मक भूमिका पछि भारतसँग पाईप लाईन विस्तार गर्ने क्रममा पहिलो चरणमा रक्सौलदेखि अमलेखगञ्जसम्म र दोस्रो चरणमा अमलेखगञ्जदेखि काठमाण्डौंसम्म हुने गरी काम सुरु गर्ने प्रक्रिया अघि बढिसकेको उनले जनाए । यसले पेट्रोलियम पद्धार्थमा भएको घाटा र सहज आपूर्ति हुने विश्वास थापाको छ ।

मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित तथा लक्ष्मी हाउसद्धारा स्थापित लक्ष्मी विद्यापदकले विद्यार्थीहरुलाई सम्मान गरे । पदक प्राप्त गर्नेहरुमा एमबिएसतर्पm पृथ्वीनारायण क्याम्पसका यशोदा कोइराला र बीबीएसतर्पm हुमनाथ ढकाल तथा बीबीएतर्पm पोखरा विश्वविद्यालयका सुदर्शनमणि लामिछाने रहेका छन् । कोईरालाले रु. दश हजार र पदक तथा ढकाल र लामिछानेले जनही सात हजार र पदक प्राप्त गरेका छन् ।

यस्तै, उत्कृष्ट व्यवसायी सम्मानबाट उद्योगतर्फ पोखरा नुडल्स प्रा .लि . र वाणिज्यतर्फ कर्माचार्य ट्रेडिङ्गले प्राप्त गरेका छन् । पोखरा नुडल्सका हरिप्रसाद पाण्डे र कर्माचार्य ट्रेडिङका गोविन्दप्रसाद कर्माचार्यलाई मन्त्री थापाले दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।

संघका अध्यक्ष सन्जीव वहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सभासद यज्ञ वहादुर थापा, पोखरा हार्डवयर एशोसिएशनका प्रेम प्रसाद पौडेल, सम्मानित व्यक्तित्व पाण्डे, पुरस्कृत व्यक्तित्व कोइराला लगायतले बोलेका थिए ।

दुई दिन सम्म चल्ने अधिबेशनमा शनिबार निर्वाचन हुनेछ । संघको आगामी दुई बर्षे कार्यकालको लागि बर्तमान अध्यक्ष सञ्जिब बहादुर कोईराला र प्रथम उपाध्यक्ष बिन्दु कुमार थापा प्यानल सहित प्रतिष्पर्धामा छन् । दुबै जनाले आ–आÇनो जीत सुनिश्चित भएको दाबी गरेका छन् । संघको दुई बर्षे कार्यकालको लागि अध्यक्षमा दुई, १४ सदस्यको लागि २७ र एक एशोसियट सदस्यको लागि २ जना प्रतिष्पर्धामा उत्रदैंछन् । पोखरा उद्योग बाणिज्य संघमा जम्मा २ हजार २ सय ५८ मतदाता रहेका छन् भने ६० भन्दा बढी बस्तुगत संघ छन् ।

कमेन्ट गर्नुहोस्
Share: