भोलि सार्वजनिक बिदा

2222
0
Share:

काठमाडौं । संघीय सरकारले फागुन २४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मार्च ८ अर्थात् फागुन २४ गते शुक्रबार दिवस परेको छ ।

गृह मन्त्रालयले आफ्नो फेसबुक पेजमा शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ । सरकारले प्रत्येक वर्ष मार्च ८ गतेका दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिला सम्बन्धी संघ संस्थाले विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउने गर्छन् ।

कमेन्ट गर्नुहोस्
Share: