वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट

1264
0
Share:

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर बसुन्धरास्थित घरमा ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी भएको थियो ।

आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो ।

बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: