
मनाङ । मनाङको क्याङ्दीमा हिमपहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। त्यस्तै एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा ट्रेकिङ गाइड धादिङका अजय ढकाल छन् ।
नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका-१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए ।
ढकालको शव शुक्रबार साँझ फेला परे पनि नेदरल्याण्डका भिनसेन्टलाई भने फेला पर्न सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले उनको खोजी कार्य जारी रहेको जानकारी दिए ।
मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । नेदरल्याण्डका भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
File Photo
