गोरखा । देशकै सबैभन्दा जेठो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने केवलकारका स्टेशन मेनेजर डिएन कायस्थले जानकारी दिए ।
‘हरेक चार–चार महिनामा केवलकार मर्मत सम्भार गर्ने गरेका छौं’, उनले भने, ‘फागुन ३० गते र चैत १ गते पनि मर्मत सम्भार गर्दैछौं । मर्मत सम्भार हुने दिन केवलकार बन्द हुनेछ ।’ मनकामना केवलकारबाट दैनिक करिब तीनहजार यात्रु आवतजावत गर्ने गर्दछन ।
कमेन्ट गर्नुहोस्
