
पोखरा । लेखनाथ भण्डारढिकमा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । पृथ्वी राजमार्गमा भेटिएको सकेटबमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । सकेट बम बिहान पौने ९ बजेतिर डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।
सो स्थानमा सकेट बम भेटिएको जानकारी पाए लगत्तै राजमार्गमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएर सवारी साधन र सर्वसाधारणलाई उक्त स्थानमा जान रोक लगाएका थिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले नेपाल बन्दको घोषणा गरेको दिन ठाउँठाउँमा बम र शंकास्पद वस्तु भेटिएको छ । सवारीहरुमा आगजनी गरिएको छ ।
कमेन्ट गर्नुहोस्
