पोखरामा पनि विप्लव समूहको बन्दको प्रभाव, निजी सवारी मात्र गुडे (भिडियोमा हेर्नुहोस्)

Share:

पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । पोखराका सडकमा पातलो मत्रामा सवारी साधन चलेपनि व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने वन्द छन् । मुख्य सडकमा निजी तथा सार्वजनिक सवारी साधन छिटफुट चलेका छन्।

विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् । विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।

पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरीले जनाएको छ । अप्रिय घटना घटेको छैन ।

पोखराका दुई ठाउँमा बम भेटियो, सेनाले गरे डिस्पोज

बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकको रंगशाला नजिकै सकेट बम फेला परेको हो । दुबै तर्फको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: