
अमेरिका । अमेरिकी नागरिक थेल्मा चिएका नाम गरेकी एक महिलाले ९ मिनेटमा ६ ओटा बच्चालाई जन्म दिएकी छिन् । उनले शुक्रबार विहान ४ः ५० मिनेटमा पहिलो बच्चा लाई जन्म दिएकी हुन् भने ४ः ५९ मिनेटमा छैठौँ बच्चालाई जन्म दिइन् ।
६ वटा बच्चा मध्ये उनले ४ छोरा र २ छोरीलाई जन्म दिएकी हुन्।
अस्पतालका अनुसार बच्चाहरुको तौल ५०० ग्राम देखि ९०० ग्राम सम्मका रहेको छ। बच्चाहरुको अवस्था स्थीर रहेको छ भने एनआईसीयूमा राखेर बच्चाहरुको उपचार भइरहेको छ । आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।
कमेन्ट गर्नुहोस्
