योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

Share:

म्याग्दी । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा सञ्चालित नवीन आनन्द योग केन्द्रमा योग सिक्ने बढ्दै गएका छन् ।

बेनी बजारमा सञ्चालित सो केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्य लाभ भएपछि योग गर्न आउने बढेको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए ।

अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङख्या पाँच हजारभन्दा बढी रहेको उनले जानकारी दिए । अहिले म्याग्दीका विभिन्न १० स्थानमा केन्द्रले योग सञ्चालन गरिरहेको छ ।

सदरमुकाम बेनी बजारमा दैनिक १०७, पश्चिम म्याग्दीको दरबाङमा ५०, बेनी नगरपालिका–४ को सिंगा तातोपानीमा ४०, रघुगंगा गाउँपालिका–१ बेगमा ४०, रघुगङ्गाकै तिप्ल्याङमा ३०, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५, गलेश्वरमा ४०, बेनी नगरपालिका–२ खबरामा २५ जनाले दैनिक रुपमा योगा सिकिरहेका छन् ।

मालिका गाउँपालिका–७ बिम र बेनी नगरपालिका–७ मंगलाघाटमा पनि अस्थायी रुपमा योग केन्द्र चलाइएको छ । योगमार्फत शरीरमा स्फूर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउने गरेको योग गर्न जानेको भनाइ छ ।

योगा गर्दै आएकी बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेकोबताईन । उनले तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको उल्लेख गरेकी छन् । आधारभूत कक्षा तीन र विशेष ६ महीना र प्रशिक्षक कक्षा दुई वर्षको हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: