नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

Share:

पोखरा । श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार पाँचौ साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । नेपालका लागि पुनम जर्घामगरले पहिलो गोल गरेकी हुन् ।

खेलको दोस्रो हाफमा नेपालले तीन गरेको थियो । नेपालका लागि ७३ औँ मिनेटमा अनिता बस्नेत, ८२ औँ मिनेटमा सावित्रा भण्डारी र ८६ औँ मिनेटमा रेखा पौडेलले गोल गरेकी हुन् ।

नेपालले फाइनलमा भारत र बंगलादेशबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग विजेताका लागि प्रतिस्पर्धा गर्नेछ । साफ महिला च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । योसँगै नेपाली महिला टोली साफ च्याम्पियनसिपको फाइनलमा चौथोपटक पुगेको हो ।

कमेन्ट गर्नुहोस्
Share: