पोखरामा १५ दिने लागु औषध नियन्त्रण अभियान शुरु

Share:

पोखरा, २५ भदौ। पोखरामा बुधबारदेखि १५ दिने लागु औषध नियन्त्रण अभियान शुरु गरिएको छ। समाजमा दिनप्रतिदिन बढ्दै गइरहेको लागु औषधको प्रयोग र लागु औषध ओसारपोसारलाई नियन्त्रण गर्न अभियान शुरु गरिएको हो।

अभियान अवधिभर ¥याली निकालिने , लागु औषधले पार्ने असर बारे डकुमेन्ट्री प्रदर्शन गरिने, घरदैलो गरिने, सम्वेदनशिल क्षेत्रमा सुरक्षाकर्मीको चेकजाँचलाई तीव्र पारिने र संचारमाध्यमबाट प्रचारात्मक कार्यक्रम गरिने छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुरु गरेको अभियानलाई रिकभरिङ्ग नेपाल, सामुदायिक प्रहरी सेवा केन्द्र, लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समुह, लागु औषध नियन्त्रण इकाई र नेपाल पत्रकार महासङ्घ कास्कीले सहयोग गर्ने छन्।

अभियानका पहिलो दिन पोखरामा जनचेतनामुलक ¥याली निकालिएको छ। पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले लागु औषध प्रयोग गरेको चित्रलाई क्रस गरी ¥याली सहित अभियानको उद्घाटन गरेका थिए।

पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको ¥याली न्यूरोडहुदै सभागृहमा पुगेर सभामा परीणत भएको थियो। सुरक्षा निकाय, विद्यार्थी, आमा समुहको सहभागिता रहेको ¥यालीमा लागु औषधलाई नाई भनौ, घर÷समाजलाई लागु औषध रहित बनाऔ, लागु औषध विरुद्व एकजुट हौ, लागु औषधको विक्री दण्डनिय छ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।

सभामा बोल्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले सरकारी निकाय एक्लैले लागु औषध नियन्त्रण गर्न नसक्ने बताए। हामीले नियन्त्रण गर्न प्रयास गर्छाै उनले भने – हाम्रो प्रयासलाई तपाई सवैले सहयोग गर्नुपर्छ।

उनले पोखरा सुन्दर हुदाँहुदै पनि लागु औषधको प्रयोग र विक्रीले कुरुप बन्न सक्नेभन्दै चिन्ता व्यक्त गरे। क्षेत्रीय प्रशासक थपलियाले लागु औषध नियन्त्रण गरौ, लागु औषध नियन्त्रणको अभियानमा सहभागि बनौभन्दै तीन पटकसम्म नारा लगाउँदै सहभागिलाई पनि नारा भन्न लगाएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख बसन्तकुमार लामाले पोखरामा लागु औषध नियन्त्रणका लागि भएका संघसंस्थाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेका कारण अभियान संचालन गर्नु परेको बताए। उनले लागु औषध सामाजिक अपराध भएकाले अभियानले नियन्त्रणका लागि सजग बनाउने विश्वास व्यक्त गरे। कार्यक्रमको संचालन कम्युनिटी सपोर्ट ग्रुप पोखराका कार्यकारी निर्देशक दिलिप गुरुङले गरेका थिए।

News n Phot0: Nabin Sigdel

कमेन्ट गर्नुहोस्
Share: