तनहुँमा बस दुर्घटना एकको मृत्यु, तीन घाइते

Share:

तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

ग १ ख ७५३४ नं को सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको छ। उनको उपचारको लागि पोखरा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुघटनामा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा रिसिङ–६ का ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन्। घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: