वडाध्यक्ष भुसाल तीन महिनादेखि वेपत्ता

593
0
Share:

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष वेपत्ता भएको तीन महिना बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

पुस २ गते बिहान करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसाल हालसम्म बेपत्ता भएका हुन् ।

वडाध्यक्षका दाजु जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै राज्यले पनि खोजछिबमा ध्यान नदिएको आरोप लगाए ।

उनका अनुसार पुस सोही दिन विहान वडाध्यक्ष भुसाल घरबाट आफ्नो लु १ ब १७४५ नम्वरको मोटरसाईकल सर्भि्सिङ्ग गर्न जान्छु भन्दै हिँडेका थिए । सन्धिखर्कको गुन्टेखोलामा रहेको यामाहा स्वरुममा लगेर मोटरसाइकल पनि छाडेका थिए ।

प्रहरीका अनुसार त्यसदिन उनी सन्धिखर्कको बगैचामा रहेको सिसी क्याम्मरामा देखिएका थिए । दोश्रो दिन विहान बुटवल अस्पताल लाइनमा फुटपाथमा व्यापार गर्ने उनकै छिमेकी अस्मीता पाण्डेले उनलाई देखेकी थिइन् ।

भेट हुँदा अस्मितासँग पश्चिमतिर जाने बताएका उनी त्यसयता कसैको सम्पर्कमा नरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: