लमजुङमा भूकम्पको धक्का

Share:

लमजुङ । लमजुङमा भूकम्पको धक्का महशुस गरिएको छ। लमजुङको बाँझाखेतमा दिउँसो ४:३४ बजे ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

लमजुङमा यसअघि गत पुष २५ र २९ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

पुष २९ गते उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको थियो भने २५ गते साँझ ७ बजेर ४९ मिनेटमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो।

कमेन्ट गर्नुहोस्
Share: