
भारत । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले रियल स्टेट कम्पनी अमरापाली ग्रुपविरुद्व अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्ला ६ बर्षयता आफ्नो ४० करोड रकम नदिएको भन्दै उनले अदालतमा मुद्वा दायर गरेका हुन् ।
रियल इस्टेट कम्पनीको लागि धोनीले ब्रान्डिङ र मार्केटिङको सम्झौता गरेका थिए । कम्पनीले करिब ४० करोड रकम भुक्तानी गर्न बाँकी रहेको धानीले बताएका छन् । धोनीले अदालत समक्ष आफु र कम्पनीबीच भएको सम्झौताको पत्र समेत पेश गरेका छन् ।
कमेन्ट गर्नुहोस्
