स्कुटर र मोटरसाइकल चोर्ने मुस्ताङका गौचन पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले स्कुटर र मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा एक युवकलाई सोमबार पक्राउ गरेको छ ।

मुस्ताङको लेते–६ निवासी २६ बर्षीय गणेश गौचनलाई प्रहरीले पृथ्वीचोकवाट पक्राउ गरेको हो । उजुरी परेपछि प्रहरीले खोजी थालेको थियो ।

चोरीका दुई स्कुटर र एक मोटरसाइकल सहित प्रहरीले सोमबार गौचनलाई पक्राउ गरेको हो । उनी विरुद्व चोरी मुद्दा अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: