नेविसंघ ला ग्राण्डी इकाईद्वारा पोखरा विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण

Share:

पोखरा। नेपाल विद्यार्थी संघ ला ग्राण्डी इकाई कमिटीले पोखरा विश्वविद्यालयका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । इकाई सभापती विनय पौडेलको नेतृत्वमा गएको टोलीले उपकुलपती,रजिस्ट्रार र सह परिक्षा नियन्त्रकलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।

विश्वविद्यालयले एक्कासी आएर परिक्षा सारेको र ३९१ जना विद्यार्थीहरुलाई अर्को व्यवस्था नगराएर ३५००० बढी विद्यार्थीको भविष्य माथी खेलवाड गरेको आरोप उनीहरुले लगाएका छन् । इकाईले आफ्ना दुई बुँदे माग यथाशिघ्र सम्बोधन गर्न माग गरेको छ।

परीक्षा तालिका र मिति प्रकाशन गरेर विद्यार्थीको भविष्य सुनिश्चित गर्न र परिक्षा संचालन गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । मागहरुलाई बेवास्ता गरे आफूहरुले कडा कदम चाल्ने चेतावनी उनीहरुले दिएका छन् ।

शैक्षिक सत्र ७४/७५ बाट कक्षा ११ र १२ को परीक्षामा मूल्यांकन अक्षराङकन पद्धति ग्रेड सिस्टम लागु भएको थियो।

सोही सिस्टम अनुसार पोखरा विश्वविद्यालयकै अनुमतिमा कलेजहरुले डी प्लस ग्रेड आएकाहरुलाई भर्ना लिएका थिए। पछिल्लो समय पोखरा विश्वविद्यालयको प्राज्ञिक परिषद्ले डी प्लस ग्रेड आएकालाई भर्ना लिन नै नमिल्ने जिकिर गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: