
बिग न्यूज
पोखरा, २१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दी जिल्लाको प्रथम भेलाले साधन घर्तीको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको छ । बेनीमा आयोजित एक भेलाले घर्तीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो।
५५ औं जिल्ला शाखाको रुपमा फोनिज म्याग्दी तदर्थ समितिको सदस्यहरुमा दर्पण रोका मगर, रञ्जना श्रेष्ठ, कविता कर्मचार्य, दलप्रसाद तिलिजा, रश्मी रोका मगर, हेना खड्का छन्त्याल सदस्यमा चयन भएका छन् ।
भेलाको उद्घाटन गर्दै फोनिजका प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले आदिवासी जनजातिले मिडियाको आवाश्यकता र महत्व बुझ्न नसक्दा धेरै पछि परेको बताए । यतिसम्म कि समुदाय माथिको विभेदको समेत विश्लेषण गर्न र विभेद अन्त्यका लागि सशक्त आवाज उठाउन नसकेको उनको भनाई थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले आदिवासी जनजाति युवाहरुलाई पत्रकारितातर्फ आकर्षित गर्ने, प्रशिक्षित गर्ने, संचार क्षेत्रमा आवद्ध आदिवासी जनजाति पत्रकारुहरुलाई संगठित तथा क्षमता अभिवृद्धि गर्दै आदिवासी जनजातिको सवाल, मुद्धा र कार्यक्रमको प्रचार प्रसारको भुमिका निर्वाह गर्दै आइरहेको बताए ।
५० प्रतिशत भन्दा बढी आदिवासी जनजाति बसोवास गर्ने जिल्ला म्याग्दीमा संचार क्षेत्रमा सहभागी भएकाहरुलाई खोज्नु पर्ने अवस्था दुखदायी भएको उनले बताए ।
संयोजक साधन घर्तीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत समिर रोका मगर र सञ्चालन दर्पण रोका मगरले गरेका थिए ।
