
चितवन । भरतपुरमा एकै परिवारका दुई छोराछोरी सहित आमा झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै ठाउँमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घर भित्रै एकै ठाएमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १४ वर्षीया छोरी विनिता मगर र अन्दाजी १२ वर्षीय छोरा विवेक मगरको शव झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
छिमेकीका अनुसार मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन । शव सबैको घाँटीमो पासो लगाएको तर खाटमा खुट्टा टेकिएको अवस्थामा छ ।
उनीहरुको शव परीक्षणका भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
