
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ बरचौरमा ट्याक्सी र पिकअप भ्यान ठोक्किँदा ४ जना घाइते भएका छ्न ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज १८१९ नम्बरको ट्याक्सी र दमौलीबाट पोखरातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुर्घटना भएको हो ।
शुक्रबार ट्याक्सी तीव्र गतिमा रहेको कारण अर्को साइडमा रहेको पिकअप भ्यानलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा ट्याक्सीमा सवार चितवनको खैरेनीटार नगरपालिका-८ बस्ने ४६ वर्षका देउ बहादुर पुन, ४५ वर्षकी बुद्धिमाया पुन, ४० वर्षकी राजकुमारि पुन र ट्याक्सी चालक पोखरा-१० बस्ने ४५ वर्षका ढाकाराम सापकोटा रहेका छन् ।
ट्याक्सी र पिकअप भ्यान दुबैको अगाडि भागको दाइने साइड र टायरम क्षति भएको छ । ट्याक्सी, पिकअप भ्यान सहित चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
