बागलुङमा आफैँले काटेको रुखले च्यापिएर एक जनाको मृत्यु

Share:

बागलुङ । बागलुङको निसीखोला–६ मा घरछेउको रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय हिमबहादुर घर्तीको रुखले च्यापेर मृत्यु भएको स्थानीय हेम सापकोटाले जानकारी दिए।

बिहीबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्टर मार्फत पोखरास्थित गण्डकी अस्पतालमा ल्याईएको थियो। उनको अस्पतालमा उपचार गर्ने क्रममा शुक्रबार मृत्यु भएको सापकोटाको भनाइ छ।

मृतक घर्तीलाई एम्बुलेन्समार्फत शुक्रबार राति नै आफ्नै गाउँमा लगी शनिबार अन्तिम दाहासंस्कार गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: